नेपाली बजारमा धेरै समयदेखि प्रतीक्षारत फोर्स गोर्खा भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले यो गाडी परीक्षणको लागि नेपाल ल्याएकाे हाे ।
आयाम इन्टरकन्टिनेन्टलको पोखरा सोरुममा यो गाडी उपलब्ध छ। काठमाडौं सोरुममा पनि केही दिनभित्रै आउने कम्पनीको भनाइ छ । फोर्स गोर्खा पहिलेदेखि नै नेपाली बजारमा उपलब्ध भए पनि हाल बीएस ६ इन्जिनसहितको अपग्रेडेड छ।
भारतमा समेत यसको माग अत्यधिक भएकाले यसको मूल्यसमेत बढाइएको छ। भारतमा यसको मूल्य १४ लाख १० हजार रुपैयाँ तोकिएको छ। नेपाली बजारमा यसको मूल्य ६९ लाख ७९ हजार हुने कम्पनीले जनाएकाे छ।
नयाँ फोर्स गोर्खामा बीएस६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ, जसले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ। उक्त इन्जिनका साथ हाइड्रोलिकरुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड मर्सिडिज जी–२८ गियरबक्स दिइएको छ। सो इन्जिन अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ फ्रन्ट र रियर लकिङ डिफ्रेन्सियलका साथ आउँछ।
एड्भेन्चर शौखिनका लागि यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल सामेल छ। त्यसैगरी यसमा अफरोडिङ टायर उपलब्ध छ। कम्पनीले यसका डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १६ इन्चको ट्युबलेस टायर राखेको छ। यसको चारैतिर अफरोड क्लेडिङ उपलब्ध छ।
यसको क्याबिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा नेभिगेसन सपोर्टका लागि टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। यसमा टिल्ट र टेलिस्कोपिक एड्जस्टेबल स्टेयरिङ कोलम, सेन्ट्रल लकिङ, पावर विन्डो, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, भेरिएबल इन्टरमिटेन्ट स्पिड फ्रन्ट वाइपर, कर्नरिङ ल्याम्प, स्पिड सेन्सिङ डोरलक र वाइपरका साथ सिंगल पिस रियर डोर जस्ता फिचरका साथै एक नयाँ ब्ल्याक इन्टेरियर उपलब्ध छ।





























प्रतिक्रिया