होन्डाले ल्यायो भ्यालेन्टाइन डे अफर, मोटरसाइकल तथा स्कुटर खरिदमा ४ हजार क्यास ब्याक

होन्डाले ल्यायो भ्यालेन्टाइन डे अफर, मोटरसाइकल तथा स्कुटर खरिदमा ४ हजार क्यास ब्याक

केन्द्रबिन्दु
0
Shares

होन्डा टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले भ्यालेन्टाइन डे अफर ल्याएको छ। 

उक्त अफर अन्तर्गत होन्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले ४ हजार रुपैयाँ क्यास ब्याक पाउनेछन्। आइतबारदेखि लागू गरिएको उक्त अफर फागुन ७ गतेसम्म रहने बताइएको छ।

साथै ग्राहकले १ प्रतिशत ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । 

फाइनान्समा खरिद गर्न चाहने ग्राहकले जम्मा १ प्रतिशतको ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने यो अफरलाई कम्पनीले केही समयअघिबाट लागू गर्दै आइरहेको छ।

Skip This
Skip This
Logo