राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओमा आवेदन दिने आइतबार (आज) अन्तिम दिन रहेको छ। लघुवित्तले सर्वसाधारणका लागि फागुन ४ गते बुधबारदेखि ८ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको हो ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपिओ बिक्री खुल्ला गर्ने भएको हो ।
जसमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।































प्रतिक्रिया