जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिने निर्णय गरेको छ।
लघुवित्तको फागुन ७ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लघुवित्तले संस्थाका शेयरधनीहरूलाई चुक्तापूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ।
लघुवित्तले घोषणा गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ।





























प्रतिक्रिया