नेपाली बजारमा नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २-२००, कति पर्छ मूल्य?

नेपाली बजारमा नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २-२००, कति पर्छ मूल्य?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २-२०० एक हो ।  निकै आकर्षक देखिने यो स्पोर्ट्स बाइकलाई एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले नेपाली बजारमा उपलब्ध गराएको हो।

जीपी २-२०० मा १९८ सीसीको ओएचसी, लिक्विडकुल्ड सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ । जसले ८००० आरपीएममा १२.५ किलोवाट पावर र ६००० आरपीएममा १७ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६–स्पिड मल्टिप्लेट वेट क्लच ट्रान्समिसन रहेको छ।

यसको अघिल्लो भागमा पोजिटिभ सक एब्जर्बर र पछिल्लो भागमा सिंगल ग्यास एब्जर्बर सस्पेन्सन छ। यसको अघिल्लो भागमा ड्युअल र पछिल्लो भागमा सिंगल डिस्क ब्रेक छ।

१३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको सिट हाइट ७६० एमएम छ भने कर्ब वेट १५५ केजी छ। १० लिटरको इन्धन ट्यांकी रहेको छ। यो बाइकको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकिएको छ। 

चीनमा उत्पादन हुने इटालियन ब्रान्ड टारो विश्वका विभिन्न देशमा बिक्री हुने प्रतिष्ठित ब्रान्ड हो । नेपाली बजारमा अर्को प्रतिस्पर्धीको रुपमा अब यो ब्रान्ड र यसका विभिन्न मोडल थपिएका छन्।

Logo