ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुको आन्दोलन

ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुको आन्दोलन

केन्द्रबिन्दु
0
Shares

ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन । मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन । 

निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । 

उनले पछिल्लो समय सहकारीहरुमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनु पर्ने महासंघको माग रहेको स्पष्ट पारे । 

कर्मसियल बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्नाले सहकारीहरुमा असर परेको ढकालले बताए । उनले बैंकहरुको ब्याजदर घटाउनु प¥यो कित विगतमा जस्तै सहकारी आफैलाई स्वविवेकले चल्न दिनु पर्ने बताए । 

ढकालले बैंकहरुका आफ्ना सदस्य छैनन् तर सहकारीका आफ्नै सदस्य रहेको बताउदै सरकारले विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तेस्रो पिल्लरलाई सम्मान गर्नु पर्ने बताउनु भयो ।

उनले भने , ‘ब्याजदरको विषयमा एक किसिमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी बचत तथा ऋण सहकारी संघका साथीहरु उपस्थित भएका छौँ । पछिल्लो पटक वित्तीय तरलता सहकारीमा पनि प्रचुरमा देखियो । यति ठूलो कोरोना महामारी, भुकम्प देख्नु भयो यस्तो बेलामा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको सेवाको लागि काम गरिहेको परिस्थितिमा जुन विषय सहकारीसँग सम्बन्धित छदै छैन । त्यसलाई अस्वाभाविक प्रक्रियाले सहकारी भित्र पनि तरलता देखियो । जसको प्रत्येक्ष प्रभाव कर्मसियल बैंकहरुसँगको अस्वभाविक ब्याजदर वृद्धि गर्न जो–जो सहभागि हुनुहुन्छ । उहाँहरु दोषी हो भन्ने लाग्छ । त्यसका लागि बैंकहरुको ब्याजदर घटाउनु प¥यो । हिजोकोे जसरी सहकारी संस्थाहरुलाई आफ्नो स्वविवेकले आफ्ना संस्थालाई आफैले सुशासनमा राखेर सेवा दिन व्यवस्था गर्नुपर्छ ।’ 

उनले सहकारीहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरेर १० लाख सदस्यहरुलाई सेवा दिइरहेको बताउँदै सहकारीको क्षेत्रबाट प्रत्यक्ष रुपमा ८० हजार बढीलाई रोजगारी दिएकाे सुनाए ।  
 

Logo