ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल र भारतबीच छलफल

ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल र भारतबीच छलफल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक शुरु भएको छ। बिहीवार काठमाडौंमा शुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिव स्तरीय छलफल शुरु भएको हो। 

संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाई सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी छन् भने भारतका तर्फबाट भारत सरकारका ऊर्जा सचिव ओलोककुमार र नेपालस्थित भारतीय राजदुतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी छन्। 

आजबाट शुरु भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको ऊर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ। बैठक भोलि (शुक्रवार) सम्म चल्नेछ।

Skip This
Skip This
Logo