नेपालर रहेका २७ वटा वाणिज्य बैंकहरूमध्ये एनआइसी एशिया बैंक विभिन्न वित्तीय सूचकांकहरुको आधारमा नेपालकै पहिलो स्थानमा पर्न सफल भएको छ ।
बैंकका सूचकांक र ग्राहक संख्या पनि आकर्षक मात्र हैन लोभ लाग्दो रहेको छ । बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमासिक वित्तीय नतिजामा सामेल गरिएका विभिन्न सूचकांकहरुको आधारमा बैंक पहिलो स्थानमा रहेको पाउन सकिन्छ ।
कर्जा, निक्षेप, स्व–पुँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्याको आधारमा बैंक मुलुककै पहिलो स्थानमा रहेको छ । जसबाट बैंकको सफलता मापन गर्न सकिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रयमाससम्मा बैंकको कुल कर्जा रकम ४० अर्बले वृद्धि भई २७३.४६ अर्ब पुगेको छ । साथै कुल निक्षेप संकलन २२.०४ अर्बले वृद्धि गरि २९९.३४ अर्ब पु¥याउन बैंक सफल भएको छ । यी दुवै सूचकांकको आधारमा एनआइसी एशिया २७ वटै वाणिज्य बैंकहरुमध्ये पहिलो स्थानमा रहेको पाउन सकिन्छ । त्यस्तै स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी ४१.४३ रुपैयाँ कायम रहेको छ । जसमा पनि सम्पूर्ण वाणिज्य बैंकहरुलाई उछिन्न एनआइसी एशिया सफल भएको छ ।
बैंक यसरी सफल हुनुमा ४ वर्ष अघि बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका रोशन न्यौपानेलाई जाने आर्थिक विश्लेषकहरूले बताइरहँदा आफ्नो एक्लोको प्रयासले मात्र बैंक सफल नभएको सिइओ न्यौपाने बताउँछन् । केन्द्रबिन्दुसँगको कुराकानीका क्रममा उनले भने ‘बैंक मेरो एकल प्रयासले मात्र सफल भएको हैन । बैंकमा संलग्न सबैको उत्तिकै भूमिका छ । सम्पूर्ण कर्मचारीहरूको मिहेनत र लगनशीलताले नै हामी यो स्थानमा आइपुगेका हौँ ।’ बैंकका शाखा र एटिएमको आधारमा पनि एनआइसी एशिया २७ वटै वाणिज्य बैंकहरूमध्ये अग्रिम स्थानमा रहेको पाउन सकिन्छ । हाल बैंकका ३५८ वटा शाखा कार्यालय र ४७३ वटा एटिएम रहेका छन् । त्यसै गरी निजी क्षेत्रका सम्पूर्ण बैंकहरु हेर्ने हो भने सबै भन्दा बढी ग्राहक एनआइसी एशियासँग रहेका छन् । हाल बैंकमा ३३ लाख बढी ग्राहकहरुले सेवा लिइरहेका छन् । एनआइसी एशिया बैंकले अरूको काम हेरेर आफू अघि नबढ्ने भएकाले बैंक सफल भएको सिइओ न्यौपाने बताउँछन् । ‘हामी अरूको काम हेर्ने भन्दा पनि आफ्नै कार्यशैलीमा विश्वास राख्छौँ । जसले गर्दा हामी अरू भन्दा फरक छौँ । त्यसैले पनि सफल भएका हौँ जस्तो लाग्छ ।’ सिइओ न्यौपानेले थपे ‘यसको मतलब हामी सफल भइसक्यौँ भन्ने भ्रम हामीमा छैन । केही सूचकांकहरुमा सफल भएका हौँ । हाम्रो सफलताको यात्रालाई कायम राख्न अझै रणनीतिहरू बनाएर अघि बढिरहेका छौँ ।’ केही वर्ष यता बैंकिङ क्षेत्रमा रोजगारीको आकर्षण पनि बढ्दो छ ।
उत्कृष्ट सेवा सुविधा भएका बैंकहरुमा रोजगारीको सपना देख्नेहरुको जमात पनि बढ्दो छ । बैंकको रोजगारीमा पछिल्लो पुस्ताको आकर्षण बढ्दै गर्दा धेरैलाई रोजगारी दिने बैंकहरूमध्ये एनआइसी एशिया बैंक पनि एक हो । यस बैंकमा हालसम्म ४ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । कर्मचारीको सन्तुष्टिले पनि एनआइसी एशियालाई सफलताको एउटा खुट्किलो उक्लन सहयोग मिलेको सिइओ न्यौपाने बताउँछन् ।
बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा पनि बढ्दो छ । सबै बैंकहरु हरेक सूचकांकमा आफूलाई अब्बल साबित गर्न लागि परेका छन् । सोही दौडमा रहेको एनआइसी एशिया आफ्नो उत्कृष्ट रणनीति र अब्बल कार्यक्षमताका कारण अग्र स्थानमा रहन सफल रहेको सिइओ न्यौपानेको बुझाइ छ । त्यसो त मर्जरमा गएका बैंकहरूसँगै तुलना गर्ने हो भने पनि एनआइसी एशिया बैंकको वित्तीय सूचकांक अन्य बैंकहरु भन्दा धेरै नै आकर्षक छ । बैंकको व्यवसायीक पकटमा रहेको क्षेत्र पनि लोभलाग्दो रहेको छ । एनआइसी एशियाले हाल देशका ७३ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।
ग्राहक संख्याको आधारमा निजी क्षेत्रका सम्पूर्ण बैंकहरूलाई उछिनेर एनआइसी एशिया अग्रिम स्थानमा रहनुमा बैंकले ग्राहकाको आवश्यकता र चाहानालाई प्राथमिकतामा राखेर काम गर्नु रहेको सिइओ न्यौपाने बताउँछन् । ‘हाम्रो प्राथमिकता भनेको हाम्रा ग्रहाकहरुको आवश्यकता र चाहाना नै हो ।’ उनले भने ‘हामी उहाँहरूको आवश्यकता र चाहानाको अध्याय गरेर सोही अनुरूप अघि बढ्ने रणनीतिलाई आत्मसात् गर्छौ । जसले हामीलाई सहजै हाम्रा ग्राहाकहरुसँग जोड्न मदत गर्छ ।’ बैंकका सीइओको जिम्मेवारी सम्हाल्दै आएका न्यौपाने आफैले योजना मात्रै भनाउँदैनन् ।
त्यसलाई कार्यान्वयन गर्ने देखि लिएर कार्यान्वयन कसरी भइरहेको छ भन्नेमा पनि उत्तिकै चासोका साथ सक्रियता जनाउँछन् । उनको उक्त नेतृत्व शैलीले बैंका हरेक सूचकांकमा अग्रिम स्थान तर्फ अघि बढिरहेको छ । जस कारण एनआइसी एशिया नेपालकै एक नम्बर बैंक बन्न सफल भएको छ ।





























प्रतिक्रिया