इलेक्ट्रिक कार ‘आयोनिक-५’ को पहिलो लट पुरै बुकिङ

इलेक्ट्रिक कार ‘आयोनिक-५’ को पहिलो लट पुरै बुकिङ

केन्द्रबिन्दु
0
Shares

हुन्डाईले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को पहिलो लट पुरै बुकिङ भएको छ। नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक कारको बिशेष शोरुम सुचारुसँगै बिक्री थालेको आयोनियक ५ को केही युनिट मात्र शोरुममा राखेको छ। बाँकी युनिट भन्सारबाट आउँदै गरेको र बुकिङ लिएका ग्राहकलाई क्रमिकरुपमा हस्तान्तरण गरिँदै जाने कम्पनीले बताएको छ।

बजारमा अहिले थुप्रै ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध भएपनि आयोनिक ५ जत्तिको फिचर्स लोडेड प्रिमियम कार अन्य ब्रान्डसँग नभएका कारण अबको केही समयसम्म यो इलेक्ट्रिक कार चर्चामा रहिरहने र यसले प्रिमियम इभी खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गरिरहने विश्वास कम्पनीले लिएको छ।

नेपाल आएको पहिलो लट पुरै बुक भैसकेको र बुकिङमा रुची राख्ने ग्राहकसमेत बढिरहेका कारण नयाँ ग्राहकले कम्तीमा ३ महिनासम्म कुनुपर्ने बताइएकाे छ। कम्पनीले पहिलो लटमा २ दर्जन बढी आयोनिक ५ मगाएको थियो । प्रिमियम सेग्मेन्टको यो इलेक्ट्रिक कार नेपाल भित्रिएदेखि नै यसले इभी पारखीको ध्यान आकृष्ट गरिरहेको छ।

हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्म’ मा बनेको यो कारको हाल दुई भेरियन्ट उपलब्ध छ। जसमध्ये प्यानोरामिक सनरुफयुक्त भेरियन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरियन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। म्याट कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम थप गर्नुपर्नेछ।

Skip This
Skip This
Logo