रिद्धि सिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ । यही क्रममा कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रमको आयोजना गरेको छ।
देशका विभिन्न स्थानहरुमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)सम्पन्न गरिसकेको यस संस्थाले आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही आफ्नो कन्ट्रयाक्टर मिटको आयोजना गरेको हो। निर्माण कार्यमा प्राविधिकरुपमा संलग्न सम्पूर्ण ठेकेदारहरुलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा ५ सयभन्दा बढीको संख्यामा ठेकेदारहरुले अन्तर्क्रियाका लागि सहभागिता जनाएका थिए।
नयाँ वर्ष ०७९ लक्षित उपहार योजना सार्वजनिक
कम्पनीले नयाँ वर्ष ०७९ लाई दृष्टिगत गर्दै ठेकेदारवर्ग लक्षित हात खालि नजाने आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ। यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ बैशाख ३१ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।
यस उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् । साथै योजनाको अन्त्यमा गोलाप्रथा मार्फत ५जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्योकज पनि जित्न सक्ने ब्यवस्था मिलाइएको छ।
हात खाली नजाने अन्य पुरस्कारबारे जानकारी:
-६००० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः सीजी ४३” स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५ जी ८/१२८ जीबी १ थान ।
-५००० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः सीजी ३२” स्मार्ट एण्ड्रोइड सीजी ३२ बी वा सियाओमी रेडमी नोट १० प्रो १ थान ।
-२५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः सियाओमी रेडमी ९ सी ३२÷६४ जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान ।
-१५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः बाल्ट्रा इन्फ्रारेड इन्डक्शन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान ।
-८०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः रेनकोट १ थान ।
-४०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः हट पट लञ्च बक्स १ थान ।





























प्रतिक्रिया