नेपाली बजारमा आयाे एमजीको नयाँ जेडएस विद्युतीय कार

नेपाली बजारमा आयाे एमजीको नयाँ जेडएस विद्युतीय कार

केन्द्रबिन्दु
0
Shares

नेपालमा एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभी २०२२ सार्वजनिक गरेको छ।

एमजी जेडएस २ वटा भेरियन्टमा उपलब्ध छ। स्ट्यान्डर्ड रेञ्ज ५१.५ किलोवाट आवर र लङ रेञ्ज ७६.६ किलोवाट आवर ब्याट्रीमा गाडी उपलब्ध छ। स्ट्यान्डर्ड रेञ्जको एकपटक चार्जमा ३१९ किमी छ र लङ्गरेञ्ज ४४० किमी रहेको कम्पनीले दाबी गरेको छ। 

गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ। एमजी जेडएस २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको कम्पनीले जनाएको छ। एमजी जेडएसको स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार र लङ रेन्जको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

गाडीमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्टको डिजिटर ड्राइभर डिस्प्ले रहेको छ। त्यस्तै रोटरी डायल गियर नब, ड्राइभिड मोड र ब्रेकिङ रिजेनेरेसन छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआएल, एलईडी टेल ल्याम्पहरु छन्।

गाडीमा सुरक्षाका लागि अटोम्याटिक इमर्जेन्सी ब्रेकिङसहितको एडभान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम रहेको छ । गाडीमा १३० एचपीको पावर २८० न्यूटन मिटर भएको पर्मानेनट म्याग्नेट सिन्क्रोनस मोटर रहेको कम्पनीले जनाएको छ। जेडएस ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको दरमा गुड्न सक्छ।

एमजी जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टयार प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल जस्ता फिचर्स रहेका छन्।

Skip This
Skip This
Logo