‘कान्तिपुर कफी’ काे पहिलाे आउटलेट ललितपुरकाे बालकुमारीमा

‘कान्तिपुर कफी’ काे पहिलाे आउटलेट ललितपुरकाे बालकुमारीमा

केन्द्रबिन्दु
0
Shares

कान्तिपुर कफी प्रालिको पहिलो आउटलेट ललितपुर, चक्रपथको बालकुमारीस्थित केभिडी कम्प्लेक्समा सुरु भएको छ। नेपालकै चर्चित कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स प्रालिको सहायक कम्पनीको रुपमा ‘कान्तिपुर कफी’ ब्राण्ड सुरु भएको हो।

पूर्वमन्त्री एवं सहकारीविज्ञ केशवप्रसाद बडालले मंगलबार एक भव्य समारोहकाबीच कान्तिपुर कफीको शुभारम्भ गरेका हुन्।

कम्पनीका सञ्चालक अनिश बडालले ४० लाख रुपैंयाँ लगानीमा कान्तिपुर कफी सुरु गरेको जानकारी दिए। उनले भने, ‘केभिडी कम्प्लेक्समा सुरु भएको कान्तिपुर कफीलाई पाइलटिङका रुपमा बुझ्नु भए हुन्छ । यहाँको लोकप्रियताका आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा शाखाहरु बिस्तार गर्दै जानेछौं ।’

पछिल्ला वर्षहरुमा ‘कफी कल्चर’ फस्टाउँदो रहेकाले भेटेरिनरी औषधिको उत्पादन, आयात र वितरणसँगै नयाँ व्यवसायका रुपमा कफीमा समेत लगानी गरेको कान्तिपुर कफीको मातृ कम्पनी कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स प्रालिका प्रबन्ध निर्देशक हेमराज बडाल(ऋषि)ले जानकारी दिए।

कम्पनीले बालकुमारीक्षेत्रमा रहेका आइसिटी कलेज, बैंक तथा वित्तिय संस्थाहरुलाई लक्षित गरेको जनाएको छ।

Skip This
Skip This
Logo