बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि पुन: थप भएको छ। यसअघि कम्पनीको आईपीओमा आवेदन दिने अवधि फागुन १२ गतेसम्म थियो। उक्त अवधिमा पूर्ण आवेदन नपरेपछि फागुन १९ गतेसम्म कम्पनीले समयावधि थपेकोमा अझै पूर्ण आवेदन नपरेकाे भन्दै मिति थप गरि फागुन २७ गतेसम्म पुर्याइएको हो।
कम्पनीको आईपीओमा फागुन १७ गतेसम्म ११ लाख २९ हजार १३० कित्ताका लागि आवेदन परेको छ। सिडिएससी क्लियरिङका उक्त अवधिसम्म ५ हजार ७५९ जनाले रू. ११ करोड २९ लाख बराबरको आवेदन दिएका छन्।
कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुल्ला गरेको थियाे । जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २,३,४ का स्थायिनलाई छुट्याएको छ।
बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाृँउपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वाड नं १, ३, ६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानीयलाई छुट्याएको छ।
कम्पनीले निष्कास गरिरहेको आईपीओकाे विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदकले कुमारी बैंकको जलवीरे शाखा, एनसीसी बैंकको बाेडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाख र चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर, जलवीरे तथा लामोसाँघु शाखाबाट आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन्।





























प्रतिक्रिया