पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल प्रतिलिटर १५० रूपैंयाँ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल प्रतिलिटर १५० रूपैंयाँ

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ। 

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ।

निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ। यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ। 

Logo