साताको सुन बजार : ३३०० ले बढ्यो सुनको मूल्य

साताको सुन बजार : ३३०० ले बढ्यो सुनको मूल्य


यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ३३०० ले बढेको छ। यस्तै चाँदीको मूल्य ७५ रुपैयाँले बढेको छ।  

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला १४०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।  

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ ४० रूपैयाँ घटेको छ। चाँदी यसदिन १ हजार २९५ मा कारोबार भएको थियो।

साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। 

सुनको भाउ मंगलबार प्रतितोला ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ।  

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँ निर्धारण भएको थियो।

सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। 

मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ।

नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ। बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ।

साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९०० रुपैयाँका दरले बढेको छ। शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ। 

यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ। बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

Logo