पछिल्लो एक महिनादेखि सुनको मूल्यमा उतार चढाव आइरहेको छ। रूस र युक्रेनबीचकाे युद्धले विश्व अर्थतन्त्रमा नै प्रभाव पारेकाले सुनको मूल्यमा पनि प्रभाव देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेर आएकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको व्यवसायीले बताएका छन्। आज नेपाली बजारमा ९९ हजार ९०० रुपैयाँ पुगेको सुनकाे मूल्यले यस वर्षकै नयाँ रेकर्ड कायम गरेको छ। यसरी दैनिक सुनको मूल्यले नयाँ रेकर्ड राख्नु तथा मूल्य बढ्नुमा निम्न कारण रहेका छन्।
१.रूस र युक्रेनबीचकाे युद्ध
२.डलरको मूल्य बढ्नु
३.विश्वमा स्टक मार्केटमा भारी गिरावट
४.अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढी सुनको माग बढेकाले सुनको मूल्यबृद्धि
५.अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारु कमजोर हुनु
६.अन्तर्राष्ट्रिय रिर्जव बैंकले ब्याजदर घट्दा बैंकमा राख्ने पैसा सुनमा लगानी गर्नाले पनि सुनको मूल्य बृद्धि भएको छ।































प्रतिक्रिया