‘स्कोडा कुशाक’ मा ७० प्रतिशतसम्म फाइनान्स अफर, अब १० लाख डाउन पेमेन्टमै पाइने

‘स्कोडा कुशाक’ मा ७० प्रतिशतसम्म फाइनान्स अफर, अब १० लाख डाउन पेमेन्टमै पाइने


नेपाली बजारमा उपलब्ध स्कोडाको लोकप्रिय एसयूभी कुशाक १० लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने भएको छ। नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले हालै यो अफर सार्वजनिक गरेको हो।

नेपाली बजारमा उपलब्ध स्कोडा कुशाकका सबै भेरिएन्टमा यो स्किम उपलब्ध हुने कम्पनीले जनाएकाे छ। १० लाख रुपैयाँ बुझाएको दुई महिना पश्चात डाउन पेमेन्टवापतको बाँकी रकम बुझाएर त्यसपछि प्रत्येक महिना निश्चित रकम किस्ताको रुपमा बुझाउन सकिने छ।

यसका लागि कम्पनीकै तर्फबाट पनि फाइनान्स सुविधा उपलब्ध हुन्छ भने ग्राहकले आफूले रोजेको बैंकमार्फत आफैं पनि फाइनान्स गर्न सक्ने कम्पनीको जनाएकाे छ।

आफूसँग रहेको कुनै पनि ब्रान्डको पुरानो कारसँग स्कोडा कुशाक एक्सचेन्ज पनि गर्न सकिन्छ। एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनससमेत पाइने छ । 

कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ। साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ। पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, याप–अराउन्ड एलडी टेललाइट छ।

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन छ। यसमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि छ।

स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन छ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्छ टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ। साथै इएससी सबै भेरिएन्टमा छ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि छ ।

म्यानुअल ट्रान्समिसनयुक्त स्कोडा कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरि तीन भेरिएन्टमा उपलब्ध छ। यसको मूल्य क्रमशः ४९ लाख ९० हजार, ५४ लाख ४० हजार र ६२ लाख ९० हजार रुपैयाँ छ।

Logo