स्कोडाको नयाँ सोरुम पोखराकाे नयाँ बजारमा

स्कोडाको नयाँ सोरुम पोखराकाे नयाँ बजारमा

केन्द्रबिन्दु
0
Shares

स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ। युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयुभीको विक्रीवितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो।

एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन्।

देशभर स्कोडा कारको उपलब्धतता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। यसैअनुरुप एमएडब्लुले पोखरामा युरोपियन मापदण्डको नयाँ सोरुम स्थापना गरेको बताइएको छ।

सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले शोरुम र वर्कसपको संयुक्तरुपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताए ।

नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे। ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ।

पोखरामा सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए।

Skip This
Skip This
Logo