सुनको मूल्य हालसम्मकै महँगो

सुनको मूल्य हालसम्मकै महँगो

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ  कायम भएको छ ।

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।  

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ ।

Logo