३० दशमलव २९ अंकले घट्यो शेयर बजार

३० दशमलव २९ अंकले घट्यो शेयर बजार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको चौथो दिन बुधबार (आज)  शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार झिनो अंकले वृद्धि भएको बजार बुधबार ३० दशमलव २९ अंकले घटेर २ हजार ५१४ दशमलव ६५ बिन्दु्मा झरेको छ । 

बुधबार २२९ वटा धितोपत्रको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बुधबार १३ वटा समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव ०३ प्रतिशतले घटेको हो । 

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १० करोड ५२ लाख २१ हजार ५९९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो। 

Logo