आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी

आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन्। बिहीबारकाे मन्त्रिपरिषद् बैठकले इन्जिनियर थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। 

पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको प्रमुखका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो। 

आवेदनमध्येबाट  छनोट समितिले नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक थानीसहित विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो।

शुक्रबार थानीले जिम्मेवारी सम्हालेका छन्। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल सकिएपछि थानी साे ठाउँमा आएका हुन्।

Skip This
Skip This
Logo