वीरगन्जकाे एक फर्मका ब्रोइलर कुखुरामा बर्डफ्लु

वीरगन्जकाे एक फर्मका ब्रोइलर कुखुरामा बर्डफ्लु

केन्द्रबिन्दु
0
Shares

वीरगन्जमा पनि कुखुरामा बर्डफ्लु संक्रमण देखा परेको छ। वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लु देखिएको हो। बर्डफ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन्। 

फर्ममा रहेका कुखुरा बर्डफ्लु संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। 

जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरुको टोलीले उक्त फर्ममा रहेका जिउँदो ३० वटा कुखुरा, अण्डा २ हजार वटा, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको खनालले बताए।  

बर्डफ्लु संक्रमण भेटिएको उक्त कुखुरा फर्म सिल  गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिए। भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लु संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परीक्षण गर्ने तयारी भइरहेको यादवले बताए।

Skip This
Skip This
Logo