भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोट्टे-१२५ नेपाली बजारमा, कति पर्छ मूल्य?

भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोट्टे-१२५ नेपाली बजारमा, कति पर्छ मूल्य?

केन्द्रबिन्दु
0
Shares

इटालियन टु ह्विलर ब्रान्ड भेस्पा रेट्रो क्लासिक डिजाइनका स्कुटरको उत्पादनमा विश्व प्रख्यात मानिन्छ। स्कुटर सेग्मेन्टमा प्रिमियम ब्रान्डको पहिचान बनाएको भेष्पाको नेपाली बजारमा ८ भेरियन्टका स्कुटर उपलब्ध छन्। जसको मूल्य २ लाख ८३ हजार ९४६ रुपैयाँ देखि ४ लाख २३ हजार ९४६ रुपैयाँसम्म निर्धारण गरिएको छ।

भेष्पाको सबैभन्दा सस्तो र इन्ट्रले लेभल स्कुटर नोट्टे १२५ को मूल्य २ लाख ८३ हजार ९४६ रुपैयाँ निर्धारण गरिएको हो। १२५ सिसी क्षमताको इन्जिन जडित यसको अधिकतम पावर १०.५ पिएस र टर्क १०.६ एनएम रहेको छ। प्रतिलिटर इन्धनको खपतमा यसले ४० किलोमिटर माथिको माइलेज दिने दाबी गरिएको छ।

मोनोलग स्टिल चेसिस स्ट्रक्चरमा बनेको यो स्कुटरको दुबै चक्कामा ड्रम ब्रेक दिइएको छ। १७७० एमएम लामो यो स्कुटर ६९० एमएम चौडा र ११४० एमएम अग्लो छ। यसमा ७ लिटर इन्धन अट्ने फ्युल ट्यांक जडान गरिएको छ। १२९० एमएम ह्विलबेश दिइएको यो स्कुटरको ग्राउन्ड क्लिरियन्स भने १५५ एमएम मात्र रहेको छ।

मूल्य कम गर्न कम्पनीले यसमा कुनै पनि लाइट एलइडी दिएको छैन। यसको हेडलाइट हेलोजन तथा टेल लाइट र टर्न ल्याम्पमा सामान्य बल्ब राखिएको छ। यसमा ५ एम्पियर आवर क्षमताको ब्याट्री दिइएको छ भने दुबै चक्कामा ट्युबलेस टायर जडान गरिएको छ। यसको इन्स्ट्रुमेन्ट कन्सोल पूर्णत: एनालग प्रविधिको छ। जहाँबाट स्पिड, समय र फ्युलको अवस्थाका बारेमा जानकारी लिन सकिन्छ।

Skip This
Skip This
Logo