सुनको मूल्य सामान्य बढ्याे, एक लाख दुई हजार ८०० रुपैयाँ कायम

सुनको मूल्य सामान्य बढ्याे, एक लाख दुई हजार ८०० रुपैयाँ कायम

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएकाे छ।  

चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ।

Skip This
Skip This
Logo