शेयर बजारमा हरियाली, १०१ दशमलव ०७ अंकले बढ्यो नेप्से

शेयर बजारमा हरियाली, १०१ दशमलव ०७ अंकले बढ्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेकाे छ । गत साताको अन्तिम दिन ५२ दशमलव २१ अंकले बढेको बजार आज पनि १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको हो। 

आइतबार २२८ वटा धितोपत्रको ९० लाख २२ हजार ८९० कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार सबै समूहको परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको ६ दशमलव ९४ प्रतिशतले बढेको हो । 

आइतबार ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको ३४ करोड ३६ लाख ५० हजार ९५४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।  

Logo