बरफमा पनि दौडिन सक्ने कारको परीक्षण अन्तिम चरणमा

बरफमा पनि दौडिन सक्ने कारको परीक्षण अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

पेट्रोल र डिजेल महँगो भएपछि अटो निर्माता कम्पनीहरुले सीएनजी र इलेक्ट्रिक सवारी साधनमा ध्यान केन्द्रित गरेका छन्। हालै जर्मन कार निर्माता कम्पनी बीएमडब्ल्युको आईएक्स हाइड्रोजन कार स्वीडेनको अर्जेप्लगस्थित बीएमडब्ल्युको परीक्षण केन्द्रमा सार्वजनिक गर्ने अन्तिम चरणमा छ। 

बीएमडब्ल्युले इन्धन सेल सिस्टम, हाइड्रोजन ट्याङ्की, सेन्टर भेइकल कन्ट्रोल युनिट र पिक पावर ब्याट्रीको इन्टिग्रेटेड फक्सनल सिस्टम साझेदारी गरेको छ, जसले कारलाई शून्य तापक्रममा पनि सजिलै चलाउन सकिन्छ।

अर्जेप्लगमा कारले बरफ र गहन क्षेत्र परीक्षण पार गरेको छ। हाइड्रोजन फ्युल सेल ड्राइभ सिस्टमका कारण कारले अत्यधिक चिसोको बाबजुद पनि सामान्य अवस्थामा ड्राइभिङ गरेजस्तै काम गरेको छ। चिसो मौसमको बावजुद, ड्राइभ सिस्टमले पूर्ण अपरेटिङ रेन्ज पार गर्यो। यस्तो अवस्थामा कारको हाइड्रोजन ट्याङ्की रिफिल गर्न ३ देखि ४ मिनेटको समय लाग्छ।

बीएमडब्ल्यु आईएक्स हाइड्रोजन ५ औं जेनरेशनको बीएमडब्ल्यु ई–ड्राइभ टेक्नोलोजी र इन्धन सेल टेक्नोलोजी प्रयोग गरी इलेक्ट्रिक मोटरद्वारा संचालित छ। कारले ऊर्जा स्रोतको रूपमा प्रयोग गर्ने हाइड्रोजन कार्बन फाइबर–प्रबलित प्लास्टिकबाट बनेको ७०० पटक ट्याङ्कमा भण्डार गरिएको हुन्छ, त्यसपछि इन्धन सेलले हाइड्रोजनलाई इलेक्ट्रिक शक्तिमा रूपान्तरण गर्छ, जसले १७० एचपी पावर उत्पन्न गर्छ।

Skip This
Skip This
Logo