स्याङयोङ मुसो ग्रान्डको प्रि–बुकिङ खुल्ला

स्याङयोङ मुसो ग्रान्डको प्रि–बुकिङ खुल्ला


कोरियाली लक्जरी स्यूट स्याङयोङ मुसो ग्रान्ड गाडीको प्रि–बुकिङ खुल्ला गरिएको छ। 

नेपालमा स्याङयोङ मोटर्सको आधिकारिक वितरक आईएमएस मोटर्सले स्यूटको प्रि–बुकिङ मार्च १३ गतेदेखि खुलाएको हो। आईएमएस मोटर्सले स्याङयोङ मुसो ग्रान्डको प्रि–बुकिङमा छुटसहितका अफर घोषणा गरेको छ।

कम्पनीका अनुसार १ लाख ५० हजारको नि:शुल्क सामान, १ लाखसम्म नगद छुट, प्रारम्भिक बुकिङ छुट १ लाख , ८५ हजारको बीमा दिइनेछ। यसबाट प्रि–बुकरलले कुल ४ लाख ३५ हजारको नगद लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

विलासी मुसो ग्रान्ड एटिक रेस्टुरेन्ट ज्ञानेश्वरमा प्रदर्शन गरिनेछ भने इच्छुक ग्राहकलाई टेस्ट ड्राइभ सुविधा रहेको कम्पनीले जनाएको छ। कम्पनीका लक्जरी कारहरु, एसयूभी, पिकअप ट्रक र एमपीभीजस्ता विभिन्न मोडल लाइन–अप रहेका छन्।

Logo