शेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम १ अर्ब ३४ करोडमै सीमित

शेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम १ अर्ब ३४ करोडमै सीमित

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज)  नेप्से झिनो अंकले वृद्धि भएको छ। आइतबार १०१ दशमलव ०७ अंकले बढेको बजार आज बजार खुल्दा बढेपनि अन्तिममा ० दशमलव १५ अंकले बढेर २ हजार ६६८ दशमलव ११ बिन्दुमा पुगेको हो। 

सोमबार २२० वटा धितोपत्रको २३ लाख ४९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

सोमबार १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ वटा समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी जीवन बीमा समूहको १ दशमलव ०८ प्रतिशतले बढेको हो । 

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६५ लाख १७ हजार ३०८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

Skip This
Skip This
Logo