एमजी मोटर्सद्वारा ३ मिटरभन्दा सानो इलेक्ट्रिक कार सार्वजनिक, छिट्टै लञ्च गर्ने

एमजी मोटर्सद्वारा ३ मिटरभन्दा सानो इलेक्ट्रिक कार सार्वजनिक, छिट्टै लञ्च गर्ने

केन्द्रबिन्दु
0
Shares

एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक गरेको छ। 

मिडिया रिपोर्टका अनुसार एमजीको सो नयाँ इलेक्ट्रिक कार सानो २ ढोकाको इलेक्ट्रिक कार हुन सक्नेछ। यो विशेषगरि शहरी क्षेत्रको लागि केन्द्रित हुनेछ। कम्पनीले यो इलेक्ट्रिक कार आगामी वर्ष भारतमा लञ्च गर्नुका साथै निर्यात पनि गरिने जानकारी दिएको छ।

एमजी ई२३० एमजी मोटर्सको मुख्य कम्पनी एसएआईसीको विलिङ्ग ह्वाङग्वाङ इलेक्ट्रिक कार हो। यो सानो साइजको इलेक्ट्रिक कारलाई चीनमा निकै रुचाइएको छ। चीन बाहिर यो एमजी ई२३० नाममा बिक्री गरिन्छ। यो इलेक्ट्रिक कार ३ मिटरभन्दा सानो छ। यसको लम्बाई २९१७ एमएम, उचाई १६२१ एमएम र चौडाइ १४९३ एमएम छ।

रिपोर्टका अनुसार एमजी ई२३० मा एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम, इन्टरनेट अफ भेइकल, अटोमेटिक पार्किङ, भ्वाइस कमाण्ड र ड्युअल फ्रन्ट एयरब्याग जस्ता फिचरहरू दिने सम्भावना छ। यो इलेक्ट्रिक कारले ५ सेकेन्डमा ०–६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्नेछ, जसको टर्क १७० एनएम हुनेछ र यसमा मल्टि–ड्राइभ मोडहरू पनि दिइनेछ।

भारतमा लन्च गरिने एमजी ई२३० कारमा ४ जना सिट क्षमता हुने अपेक्षा गरिएको छ। यसमा २० किलोवाटको ब्याट्री प्याकसँगै २० किलोवाटको इलेक्ट्रिक मोटर पनि दिने अनुमान गरिएको छ। यो कार फुल चार्जमा १५० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्न सक्षम हुनेछ।

कम्पनीले सो एमजी ई२३० को मूल्यको बारेमा आधिकारिक जानकारी दिएको छैन। एमजीको नयाँ इलेक्ट्रिक कारले ड्याटसन रेडी गो र मारुती सुजुकी अल्टोसँग प्रतिस्पर्धा गर्नेछ। भविष्यमा यस्तो कार नेपाली बजारमा पनि आउने अपेक्षा गर्न सकिन्छ।

Skip This
Skip This
Logo