बिहीबार सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९९ हजार ८ सयमा काराेबार भइरहेकाे हाे ।
मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ सयमा काराेबार भएकाेमा बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियाे।
सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार तीन सय रुपैयाँमा कारोबार भएकाे थियाे।
बिहीबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ३०० तोकिएको छ।
चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले बढेको छ। बुधबार चाँदीकाे मूल्य १ हजार ३७० कायम भएकाेमा बिहीबार १ हजार ३९० मा काराेबार भइरहेकाे छ।































प्रतिक्रिया