यस्ताे छ शुक्रबारकाे विनिमय दर, अमेरिकी डलरकाे भाउ घट्दै

यस्ताे छ शुक्रबारकाे विनिमय दर, अमेरिकी डलरकाे भाउ घट्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिद दर १२० रुपैंयाँ ९८ पैसा निर्धारण गरेको छ। यस्तै बिक्रीदर १२१ रुपैंयाँ ५८ पैसा तय गरेको छ। 

राष्ट्र बैंकले चैत २ गते अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा कायम गरेको थियाे । यस हिसाबले हेर्दा अमेरिकी डलरकाे भाउ घट्दै गएकाे देखिन्छ ।

भारतीय रूपैयाँ १०० काे खरिद दर १६० रूपैयाँ र विक्रीदर १६० रूपैयाँ १५ पैसा कायम छ। एक युरोपियन युरोको खरिददर १३३ रुपैंयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंयाँ १८ पैसा रहेको छ। राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन एक डलरको खरिददर ८८ रुपैंयाँ ६१ पैसा रहँदा बिक्री दर ८९ रुपैंयाँ ५ पैसा रहेको छ ।

यूके पाउन्डस्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४० पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्री दर १३० रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ छ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १९ पैसा र बिक्री दर १९ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ सात पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नाै रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम भएको छ।

Logo