सुनकाे भाउ ६ सयले घट्याे

सुनकाे भाउ ६ सयले घट्याे


आइतबार सुनकाे भाउ ६ सयले घटेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुन ९९ हजार ८ सयमा काराेबार भएकाेमा आइतबार ६ सयले घटेर ९९ हजार २ सयमा काराेबार भइरहेकाे छ।

आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ७०० तोकिएको छ।  

चाँदीको भाउ प्रतितोलामा १० रुपैयाँले घटेको छ। आइतबार चाँदी मूल्य १ हजार ३७५ मा काराेबार भइरहेकाे छ।

Logo