एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ। बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ।
बैंकले उखु किसानहरुलाई सहजरुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो साथै सुगर मिल्ससँग सहकार्य गरि किसानहरुको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोगहरु पनि गर्दै आएको छ ।
कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरुको जीवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रिबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको छ । चिनी उद्योगहरुमा उखुको माग हुँदा हुँदै पनि कर्जा नपाउँदा उखु खेती गरि उत्पादन बढाउन नसकेका किसानहरुले, बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराएपछि आफूलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेका छन् ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरु, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।





























प्रतिक्रिया