‘ठेलामा म:म बेचेरै पढाए छोरालाई डाक्टर, कमाउँछन् महिनाको ९० हजार’

‘ठेलामा म:म बेचेरै पढाए छोरालाई डाक्टर, कमाउँछन् महिनाको ९० हजार’


काम गर्नका लागि ठूलो लगानी गर्नुपर्छ। लगानी नगरी कामै पाईंदैन । लगानी नगरी के काम गर्ने, कस्तो काम गर्ने भन्ने सबैलाई लागिरहन्छ। साँच्चैभन्दा हामी सानोतिनो काम गर्न पनि लाज मान्छौं । कसैले ठेला चलाएर केही सामान बेचेको देखियो भने लाज लाग्छ। तर त्यही ठेलाबाटै महिनाको १ लाख रुपैयाँ आम्दानी गरेको कसैले देख्दैन। त्यसैले काम छैन, नेपालमा के गरेर बस्ने भनेर विदेशिने युवाको संख्या दिनहुँ बढ्दो छ। 

त्यस्तै, एउटा उदाहरण बन्न सफल छन् लामा दाई । काठमाडौँको सिनामंगल र पुरानो बानेश्वरकोबीचमा वागमती खोला, त्यहाँमाथि गाडी गुड्ने पुल (भत्केको पुल) त्यही पुल नजिकै सानो ठेलामा लामा दाईको मःम । त्यो पनि मात्र ५० रुपैयाँ प्लेटमा । सुन्दा अचम्म लाग्छ, ५० रुपैयाँमा पनि मःम पाइन्छ भनेर । तर करिब २० वर्षदेखि त्यही मूल्यमा ठेलामा मःम बेच्दै आएका छन् लामा दाई भनेर चिनिने ५५ वर्षिय डिकबहादुर तामाङ । 

रामेछाम जिल्ला घर भएका तामाङ अहिले काठमाडौँ पुरानो बानेश्वर कात्यायनी चोकमा बस्दै आएका छन् । तामाङको ३ जनाको मात्र परिवार छ। उनी, उनकी श्रीमती र छोरा । काठमाडौँमा आएर उनले पहिले पहिले धेरै दुःख गरे । कहिले के कहिले के ले उनलाई सताइरह्यो । तर केही गर्दा उपाय नलागेपछि आफैं सानोतिनो व्यवसाय गर्न उनले साथीसँग ५० हजार रुपैयाँ सापटी लिएर लगानी गरे । त्यही ५० हजारबाट अहिले उनी महिनाको करिब १ लाख रुपैयाँ कमाउँछन् ।  तामाङ भन्छन्,“काठमाडौँ आएको बेलामा धेरै दुःख गरियो । पहिले यो ठाउँमा केही पनि थिएन, खोला मात्र थियो ।” अहिले निकै परिवर्तन हुँदै गयो । पहिले म अर्कै काम गर्थें, तर त्यो कामबाट पनि नभएपछि मैले मःम बेच्न सुरु गरे ।”

तामाङले यहाँसम्म आउन धेरै लगानी गरेका हैनन् । सबैभन्दा पहिले व्यापार सुरु गर्दा ५० हजार रुपैयाँ लगानी गरेका हुन् । तर त्यही ५० हजारले अहिले महिनाको १ लाख रुपैयाँ कमाउँछन्  । भन्छन्, “केही काम नगर्दा नभएपछि मैले यही रोडमा ठेलामा मःम बनाएर बेच्ने सोच बनाएँ, त्यसपछि सबैभन्दा पहिले साथीसँग ५० हजार रुपैयाँ सापटी मागेर २ वटा सानो सानो ठेला किनेँ । अनि सुरु गरेँ मःम बेच्न । अहिले यहि बेच्न थालेको २० वर्ष हुन लाग्यो ।” 

तामाङ दम्पति बिहान सबै काम सकेर खाना खाएर ११ बजेबाट मःम का डल्ला बनाउन सुरु गर्छन् । उनीहरुलाई भेज र बफ मःम बनाउन करिब २ घण्टा लाग्छ । २ बजेसम्म मःम का डल्ला बनाएर ३ बजे लाग्छन् चोकतिर । उनीहरु ३ बजेदेखि ७/८ बजेसम्म त्यहीँ बस्छन् । प्रायजसो मःम बेच्न तामाङ आफैं आउँछन् । उनकी श्रीमतीलाई आराम गर्न दिन्छन् । भन्छन्, “यहाँ प्रायजसो म मात्रै आउँछु । बेलुका बढी भिड हुने हुनाले कहिले काहीँ मात्र श्रीमतीलाई बोलाउँछु नत्र त उनलाई घरमै आराम गरेर बस भन्छु।” 

उनलाई नगर प्रहरीले पनि केही भन्दैन तर कहिले काहीँ भने नगर प्रहरीलाई ३५० रुपैयाँ दिनुपर्छ । उनी भन्छन्, “पहिला पहिला नगर प्रहरीले पनि धेरै दुःख दियो मःम पकाउने भाँडानै लग्यो । ठेला पनि लग्यो तर अहिले केही गर्दैन । कहिले काहीँ ३५० रुपैयाँ दिन्छु केही गर्दैन।” 

कहिले के कहिले के ले उनलाई सताइरह्यो । तर केही गर्दा उपाय नलागेपछि आफैं सानोतिनो व्यवसाय गर्न उनले साथीसँग ५० हजार रुपैयाँ सापटी लिएर लगानी गरे । त्यही ५० हजारबाट अहिले उनी महिनाको करिब १ लाख रुपैयाँ कमाउँछन् ।

उनले सबैभन्दा सुरुमा मःम बेच्दा प्रतिप्लेट १५ रुपैयाँमा सुरु गरे र पछि बढाउँदै प्रतिप्लेट ५० रुपैयाँसम्म पुर्याए । मःम बेचेर करिब ९/१० महिना उनले ८/९ लाख रुपैयाँ कमाएर भक्तपुरमा जग्गा किने । अहिले पनि उनले ३ ठाउँमा घडेरी जोडीसकेँ ।

त्यतिमात्र होइन तामाङले ठेलामा मःम बेचेर छोरालाई डाक्टर पढाए । अहिले पनि उनले छोरालाई फार्मेसी खोलिदिएका छन् । भन्छन्,“मेरो एउटा मात्र छोराले जे भन्छ त्यही गरें । जुन कलेज भन्छ त्यही कलेज पढाएँ । अहिले आफ्नै फार्मेसी खोलिदएको छु । विदेश जान्छु भन्दैछ । जाउ भन्छु । किनकी एउटा छोरा हो नसक्ने भए पो । १५/२० लाख त लाग्ला नि । राम्रो गर्नुपर्यो पैसाको दुःख छैन।” उनी मःम बेचेर दिनको ९ हजार रुपैयाँ कमाउँछन् । दिनको ३ हजार ५०० रुपैयाँ बचाउँछन्। उनको मःम खान पहिले पहिलेदेखिका मान्छे आउँछन् । उनी फेरि थप्छन्, “मैले बनाएको मःम को सबैले प्रशंसा गर्नुहुन्छ। पहिला पहिलादेखिका मान्छे आउँनुहुन्छ। मेरो मःम खाएर डाक्टर तथा अन्य जागिरे भैसक्नुभयो, छोरा छोरी नातिनातिनासहित आउँनुहुन्छ।”

तामाङ मःम मा घाटा नहुने बताउँछन्। भन्छन्, “मान्छेहरु मःममा फाइदा हुँदैन भन्छन् तर हुन्छ फाइदा, मजाले हुन्छ। म धेरै फाइदा खादिनँ । मलाई यतिले नै पुगेको छ। अहिलेसम्म मैले ३ करोडभन्दा बढी कमाईसकेँ।”

Logo