नेप्सेमा उच्च अंकको गिरावट, ३ कम्पनीको शेयर मूल्य वृद्धि

नेप्सेमा उच्च अंकको गिरावट, ३ कम्पनीको शेयर मूल्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन १६ दशमलव ६९ अंकले घटेको बजार आज पनि ४१ दशमलव ४३ अंकले घटेर २ हजार ५७२ दशमलव २३ विन्दुमा  झरेको हो । 

आइतबार २३२ वटा धितोपत्रको ८९ लाख २३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ४ अब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

त्यस्तै, १३ वटा समूहमध्ये निर्जीवन समूहको परिसूचक १ दशमलव ०९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । 

आइतबार ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मुल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त,इमर्जिङ नेपाल र जीवन विकास लघुवित्त रहेका छन् । कारोबार रकमको आधारमा अपि पावर कम्पनीको २७ करोड ५६ लाख ७४ हजार ३९३ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।   

 

Logo