मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा गेट लक्की विथ सुजुकी योजना ल्याएको छ।
चैत १३ देखि शुरु भएको यो योजना आगामी बैशाख ३० सम्म लागू हुनेछ। यस अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ स्योरसट पाउनुका साथै एउटा स्क्र्याच कुपन पाउन सकिने छ।
यसबाट ग्राहकले १ लाखसम्म क्यासब्याक तुरुन्तै पाउने सम्भावना हुनेछ। साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा छ। जस अन्तर्गत ग्राहकले तुरुन्तै एक्सचेन्ज र फाइनान्स गर्न सक्नेछन्।
यो योजना नव वर्ष २०७९ काे मध्यनजर गरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । बीएस६ मोडल र थुप्रै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कुटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त भएको बताइएको छ।





























प्रतिक्रिया