नेप्सेको ओरालो यात्रा कायमै, १ अर्ब ५७ करोडको कारोबार

नेप्सेको ओरालो यात्रा कायमै, १ अर्ब ५७ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। 

आइतबार ३० दशमलव ८९ अंकले घटेको बजार सोमबार पनि १४ दशमलव ८८ अंकले घटेर २ हजार ४९८ दशमलव ५३ विन्दुमा झरेको हो। 

सोमबार २२६ वटा धितोपत्रको ३४ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

सोमबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूहको १ दशमवल ३४ प्रतिशतले घटेको हो।

सोमबार पनि ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन्। 

कारोबार रकमको आधारमा इमर्जिङ नेपालको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।  

Logo