नेपाली बजारमा पहिलाे पटक हिरोका १२५ सीसीको स्कुटर, मूल्य कति ?

नेपाली बजारमा पहिलाे पटक हिरोका १२५ सीसीको स्कुटर, मूल्य कति ?


हिरोले १२५ सीसीको स्कुटर नेपाली बजारमा पहिलो पटक उपलब्ध गराएको छ। यस अघि ११० सीसीको स्कुटर उपलब्ध भएकोमा अब १२५ सीसीको मेस्ट्रो एज उपलब्ध गराएको हो।

विभिन्न विशेषताहरु उपलब्ध सो स्कुटर एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। यसमा फस्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडल्याम्प रहेको छ। नयाँ स्लिक हेडल्याम्पले उच्च दक्षता, दोहोरो प्रकाश तीव्रता र सडकमा फराकिलो तथा टाढासम्म देख्न सकिने तुल्याउनका लागि प्रकाश विस्तार गर्न सक्दछ ।

मेस्ट्रो एज १२५ मा ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण डिजिटल स्पिडोमिटर रहेको छ। यसमा पास कीसँग पेरिङ, उत्कृष्ट डिस्प्लेसहित टर्न–बाइ–टर्न नेभिगेसन, मिस कल अलर्ट, इनकमिङ कल अलर्ट, आरटीएमआई (रियल–टाइम माइलेज इन्डिकेसन), इको इन्डिकेटर र लो फ्युल इन्डिकेटर जस्ता सुविधाहरू उपलब्ध छन्।

नयाँ मेस्ट्रो एज १२५ पूर्णरूपमा नयाँ चम्किलो हेडल्याम्प, कुशल फ्रन्ट डिजाइन, नयाँ स्पोर्टी डुअल टोन स्ट्राइप संरचना, मास्क गरिएको विंकर र नयाँ प्रिज्म्याटिक रङहरू लगायत नयाँ डिजाइन तत्वहरूसहित प्याकेजिङ गरिएको छ।

मेस्ट्रो एज १२५, छ रंगहरू–क्यान्डी ब्लेजिङ रेड, प्यान्थर ब्ल्याक, पर्ल सिल्भर व्हाइट, म्याट टेक्नो ब्लू, प्रिज्म्याटिक येलो र प्रिज्म्याटिक पर्पलमा उपलब्ध छ।

मेस्ट्रो एज १२५ ‘एक्ससेन्स टेक्नोलोजी’सहित १२४.६ सीसी बीएस–सिक्स, अनुसारको ‘प्रोग्राम्ड फ्युल इन्जेक्सन इन्जिन’द्वारा सञ्चालित गरिएको छ। यसले ७०० आरपीएम ९ बीएचपीको पावर आउटपुट र ५५०० आरपीएम १०.४ एनएम ‘टर्क अन डिमान्ड’ प्रदान गर्दछ।

Logo