युवा उद्यमशीलता वृद्धि गर्न युथ फोरमको आयोजना

युवा उद्यमशीलता वृद्धि गर्न युथ फोरमको आयोजना

केन्द्रबिन्दु
0
Shares

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले ‘को-अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’को आयोजना गर्न लागिएको छ । काठमाडौंमा हुने फेरमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 

राष्ट्रिय सहकारी महासंघको आयोजनामा फोरम काठमाडौंमा चैत्र २५ र २६ गते अुन लागेको हो । फोरममा सहभागिताको लागि नाम दर्ताको काम समेत भइरहेको आयोजकले जनाएको छ । उक्त फोरमको सहआयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । 

फोरममा देशभरका २५० सहकारीका सञ्चालक, युवा उद्यमी र प्रतिनिधिको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए । फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुने उनले बताए ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे,अष्ट्रेलियाका पूर्वराजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले जानकारी दिए ।

Skip This
Skip This
Logo