जलश्रोत व्यवस्थापन ठूलो चुनौती बनेको छ : ऊर्जामन्त्री भुसाल

जलश्रोत व्यवस्थापन ठूलो चुनौती बनेको छ : ऊर्जामन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई माथि उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छिन्।

बुधबार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ती विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरु रहेको भन्दै आजको आवश्यकता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताइन् । 

मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको बताइन् । उनले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताइन् । नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएपनि हुनु पर्ने जति विद्युत उत्पादन गर्न नसकिएको उनको भनाइ छ । उनले प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरुसँग एकीकृत गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यकता देखा परेको बताइन् ।

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरिन् । उनले बहुपक्षीय चुनौतीहरुलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताइन् ।

Skip This
Skip This
Logo