नाडाद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण

नाडाद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै सरकारले गाडी र अन्य स्पेयर पार्ट्स व्यवसायको आयातका लागि एलसी खोल्नमा रोक लगाइएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

नाडा अध्यक्ष ध्रुवबहादुर थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल र भेइकल कमिटीका सभापति निराकार श्रेष्ठको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरेको हो।

‘आयात नै रोकिनु राम्रो नभएको र यस बारेमा अर्थमन्त्रीलगायत सरोकार पक्षसँग छलफल गर्ने प्रधानमन्त्रीले बताउनु भएको छ।’ अध्यक्ष थापाले भने।

सरकारले केही दिन पहिले नगद मार्जिनको प्रस्ताव गरेको थियो भने हालै नेपाल राष्ट्र बैंकले सवारी साधनका साथै स्पेयर पार्ट्स आयातका लागि समेत एलसी नखोल्न दबाब दिइरहेको बताइएको छ।

Logo