कियाले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले हाल सोनेट, सेल्टोस, कार्निभल र क्यारेन्स जस्ता पेट्रोल–डिजेल कारहरू मात्र बिक्री गर्दै आइरहेको छ। तर, कियाले यसअघि नै ६ वटा इलेक्ट्रिक कार विश्व बजारमा ल्याइसकेको छ।
कियाको पहिलो इलेक्ट्रिक कार भारतमा परीक्षणको क्रममा देखाइएको छ। कम्पनीले चाँडै नै भारतमा पनि लन्च गर्ने घोषणा गर्ने अपेक्षा गरिएको छ।
स्पाई इमेज तेलंगानाको राजधानी हैदराबादको सडकमा किया ईभी६ जीटी भेरियन्ट देखिएको थियो । रिपोर्टका अनुसार किया ईभी६ यसै वर्ष भारतमा लन्च गर्न सकिन्छ। लन्चिङपछि सो कारले टाटा नेक्सन ईभी, एमजी जेडएस ईभी र हुन्डाई आयोनिक ५ जस्ता इलेक्ट्रिक कारहरूसँग प्रतिस्पर्धा गर्नेछ।
ग्लोबल मोड्युलर प्लेटफर्ममा आधारित कियाको नयाँ इलेक्ट्रिक कार हाल युरोपेली बजारहरूमा मात्र उपलब्ध छ। यो टप स्पेक जीटी भेरियन्ट ड्युअल इलेक्ट्रिक अल ह्विल ड्राइभ सिस्टममा उपलब्ध छ। यो कारमा ७७.४ केडब्ल्युएचको ब्याट्री प्रयोग गरिएको छ, जसले ३२० बीएचपीको अधिकतम पावर र ६०५ एनएमको टर्क जेनेरेट गर्न सक्छ।
ग्लोबल सर्टिफिकेसनका अनुसार किया ईभी६ ले एक पटक चार्जमा ४२५ किलोमिटरको रेन्ज दिने दाबी गरेको छ। कियाले अल्ट्रा फास्ट चार्जिङ सिस्टमको सहयोगमा कारलाई १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी पनि गरेको छ।
विश्व बजारमा किया ईभी६ लाई ३ भेरियन्ट ईभी६, ईभी६ जीटी–लाइन र ईभी६ जीटीमा उपलब्ध छ। सो कारमा धेरै ड्राइभ कन्फिगरेसनहरू उपलब्ध छन्, जसमा ५१० किलोमिटरभन्दा बढीको रेन्जका लागि २ वटा ब्याट्री भेरियन्टहरू समावेश छन्। टप भेरियन्ट जीटी थप शक्तिशाली ब्याट्री प्याकको साथ पेश गरिएको छ।
ईभी६ टु–ह्विल ड्राइभ र वैकल्पिक रूपमा अल ह्विल ड्राइभको रूपमा उपलब्ध छ। युरोपेली देशहरूमा किया ईभी६ को मूल्य ४५ हजार यूरो छ। नेपालमा उपलब्ध भएमा एक करोडको हाराहारी मूल्य पर्न सक्छ।































प्रतिक्रिया