कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट भएको छ।
साताको अन्तिम दिन ३५ दशमलव ६६ अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको हो। आज ४४ दशमलव ६४ अंकले घटेर २ हजार ४१९ दशमलव ७१ विन्दुमा झरेको हो ।
सोमबार २३३ वटा धितोपत्रको ५० लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
सोमबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी अन्य समूहको परिसूचक ४ दशमलव ६२ प्रतिशतले घटेको हो।
त्यस्तै, सोमबार जाल्पा सामुदायिक लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।





























प्रतिक्रिया