रोका ब्राण्डका नयाँ उत्पादनहरु सार्वजनिक

रोका ब्राण्डका नयाँ उत्पादनहरु सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

रुकमणी ग्रुपद्वारा काठमाडौँको मैतीदेवीस्थित रोका ब्राण्डको नयाँ उत्पादनहरु थप गरि पुनः उद्घाटन भएको छ। कार्यक्रमको उद्घाटन रोका कम्पनीकै प्रबन्ध निर्देशक के.ई रंगनाथले सोमबार (आज) गरेका हुन्। 

रोका कम्पनी विश्वमै एक स्यानेटरी वेयर उत्पादन गर्ने प्रतिष्ठित र परिचित ब्राण्ड हो। रुकमणी ग्रुपका कर्मचारी अनिल कार्कीका अनुसार यसपटक रुकमणी ग्रुपद्वारा यस कम्पनीमा नयाँ तथा प्रविधिमैत्री सामानहरु बजारमा ल्याइएको छ। 

उनी भन्छन्, “अहिलेको समयमा धेरै मानिस वाथरुममा विलासी सामानहरु राख्ने टे«न्ड छ । त्यसैले त्यो लेभलको उत्पादन दिन क्षमता रोकासँग छ। उनीहरुको आवश्यकता पुरा गर्नका लागि रोका कम्पनी सक्षम र रुकमणी ग्रुप त्यो सेवा दिन सक्षम रहेको छ।”

सो कार्यक्रममा रोका कम्पनीका नयाँ तथा प्रविधिमैत्री, स्मार्ट, स्यानेटरी वेयर अर्थात सेरामिकबाट बनेका वाथरुमका सामानहरु राखिएका थिए। 

Logo