शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ।































प्रतिक्रिया