कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यो वर्षको दोस्रो कारोबार दिन सोमबार ४१ दशमलव ७७ अंकले घटेको बजार आज भने १३ दशमलव ३७ अंकले वृद्धि भएर २ हजार ३५७ दशमलव २४ विन्दुमा पुगेको हो।
मंगलबार २२९ वटा धितोपत्रको ३२ लाख १३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
मंगलबार १३ वटै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी अन्य समूहको १ दशमलव शून्य ९ प्रतिशतले बढेकोे हो ।
त्यस्तै, मंगलबार नेष्डो समृद्ध लघुवित्त र ग्रिन भेन्चरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नबिल बैँकको ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।





























प्रतिक्रिया