सुनको भाउ तोलामा १५ सय रुपैयाँले घट्यो, कतिमा काराेबार हुँदै

सुनको भाउ तोलामा १५ सय रुपैयाँले घट्यो, कतिमा काराेबार हुँदै

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ। सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ मंगलबार पनि तोलामा चार सय रुपैयाँले घटेको थियो। मंगलबार सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

Logo