शेयर बजारमा उछाल, २ अर्ब ५३ करोडको कारोबार

शेयर बजारमा उछाल, २ अर्ब ५३ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ। केही हप्तादेखि निरन्तर ओरालो लागेको बजारमा कहिलेकाहीँ भने सामान्य अंकको वृद्धि देखिन्थ्यो। बजार बढेपनि कारोबार रकम बढ्न सकेको थिएन। 

गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ४ दशमलव ९४ अंकले बढेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ।

आज नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ४२० दशमलव ९१ विन्दुमा पुगेको हो। 

आइतबार २३८ वटा धितोपत्रको ६६ लाख ३९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार १३ वटै समूहको परिसूचकमा वृद्धि आएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको ७ दशमलव ३२ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज दश कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा थप २६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

कारोबार रकमको आधारमा सानिमा बैँक लिमिटेडको २२ करोड रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।  

Skip This
Skip This
Logo