त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्थानीय तहकाे चुनावका बेला हवाई सेवा बन्द नहुने जनाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरकाअनुसार सुरक्षा निकायसँग शुक्रबार भएको बैठकमा विमानस्थल सुचारु हुने निर्णय भएको हो।
स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बन्द नहुने उनको भनाइ छ। हाल काठमाडौं लगायत देशभरका विमानस्थलमा दैनिक ३ सय हाराहारी आन्तरिक र ५० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गरेका छन्।





























प्रतिक्रिया