कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको बढेको छ । आइतबार १७ दशमलव ९५ अंकले बढेको बजार आज पनि १२ दशमलव २७ अंकले बढेर २ हजार २६८ दशमलव ८४ विन्दुमा पुगेको हो ।
सोमबार २२२ वटा धितोपत्रको ३३ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूहको १ दशमलव ७४ प्रतिशतले बढेको हो ।
त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ७ करोड ८३ लाख ५३ हजार ८९९ रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।





























प्रतिक्रिया